एकल नृत्य प्रतियोगिताबारे मिलन कला केन्द्रको पत्रकार सम्मेलन

 

बुटवल ।
मिलन कला केन्द्र बुटवलले आयोजना गरेको प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिता २०८२ को सेमिफाइनल राउण्ड भव्य रूपमा सम्पन्न भएको छ। सेमिफाइनलबाट उत्कृष्ट प्रदर्शन गर्ने २० जना प्रतियोगीहरू फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका आज पत्रकार सम्मेलन गरेर मिलन कला केन्द्रकी संचालक मिना बुढाथोकीले बताउनुभयो । नव प्रतिभाहरुको खोजिकोको लागि कला केन्द्रले यस्ता कार्यक्रम गर्दै आएको उनको तर्क थियो।

कार्यक्रम संयोजक दाबा शेर्पा ‘दर्पण’ ले फाइनल राउण्ड कात्तिक १ गते बुटवलको देवीनगरस्थित थ्रिपयण्ट रिसोर्टमा आयोजना गरिने बताय।

प्रतियोगिताको सेमिफाइनल चरणमा निर्णायकको रूपमा हिमाल सुनार र बविता धिताल रहेका थिए। प्रतियोगितामा “नो भोट, नो एसएमएस” नीति लागू गरिएको छ — प्रतियोगीहरूको मूल्याङ्कन केवल नृत्यकला र प्रस्तुतीमा आधारित गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको फ्री अडिसन चरणमा करिब २,५०० जना नृत्य कलाकारहरू सहभागी भएका थिए । सहभागीहरू रुपन्देही, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासी लगायतका जिल्लाबाट आएका थिए।

फाइनलमा प्रवेश गर्ने २० जना प्रतिस्पर्धीहरूमा इश्ना झेडी, आरोसी तामाङ, स्तुति अर्याल, प्राप्ती अर्याल, आदित्य भण्डारी, श्रीसा रोका, जेश्मा थापा, बिपिसा थापा, सन्जय पौडेल, प्रज्ञा घर्ती मगर, कृतिमा ज्ञवाली, युविका राना, रिदिम टण्डन, रुजु पौडेल, प्रिती पल्ली, मेरिसा थापा, सानमी क्षेत्री, र दूरविज्ञ डि पोखरेल लगायत रहेका छन्।

फाइनल प्रतियोगिताका विजेताहरूलाई निम्न पुरस्कार प्रदान गरिनेछः

पहिलो पुरस्कार: रु. ५१,१११, प्रमाणपत्र र मायाको चिनो

दोस्रो पुरस्कार: रु. २१,१११

तेस्रो पुरस्कार: रु. १५,१११

सान्त्वना पुरस्कार: रु. ५,१११

यसैगरी टिकटकमा “भ्यु, लाइक र शेयर”का आधारमा छुट्टै पुरस्कार पनि राखिएको छ, जसमा पहिलो स्थानका विजेताले रु. ५,०००, दोस्रोले रु. ३,०००, तेस्रोले रु. २,००० र सान्त्वनाले रु. १,००० प्राप्त गर्नेछन्।

सेमिफाइनल राउण्डको सफलतापूर्वक सम्पन्नतापछि आयोजक मिलन कला केन्द्रले फाइनल प्रतियोगिता अझै भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation