
रुपन्देही । तिहार बिदामा पनि बैंकिङ सेवा निरन्तर गर्न नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थाहरूलाई पत्र पठाउँदै भाइटीकाको दिन बाहेकका अन्य दिनमा बैंक सञ्चालन गर्न निर्देशन दिएको हो। यसले भन्सार जाँचपास, व्यापार सहजीकरण तथा आपूर्ति प्रणाली निरन्तर राख्न मद्दत गर्ने जनाएको छ।
यससँगै, केन्द्रीय बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट (RTGS)’ प्रणाली पनि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ।
राष्ट्र बैंकका अनुसार, तिहारका अन्य बिदाका दिनहरूमा पनि अत्यावश्यक वित्तीय कारोबार अवरुद्ध नहोस् भनेर आवश्यक व्यवस्था मिलाइएको हो।