
बुटवल । मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा आज बिहान एकपछि अर्को गर्दै सात वटा गाडी आपसमा ठोक्किएका छन्।
बिहान करिब साढे ७ बजे एक ट्रकले यात्रुबसलाई ठक्कर दिएपछि त्यसपछि पछाडि आएका अन्य सवारीसाधन पनि एक–अर्कामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेको यकिन संख्या अहिलेसम्म प्राप्त भइसकेको छैन।
चितवन प्रहरीले घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।