एमाले शिवराजको चियापान, चाडपर्वले राष्ट्रिय एकता र सहअस्तित्वको सन्देश दिन्छ: एमाले नेता न्यौपाने

कपिलवस्तु, कार्तिक २।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) शिवराज नगर कमिटी, चन्द्रौटाले आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम–२०८२ शनिबार दुर्गामन्दिर परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् कपिलवस्तु जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले  चाडपर्वले राष्ट्रिय एकता सह अस्तित्वको सन्देश दिने  बताउदै “एमाले संसद पुनःस्थापनाको पक्षमा उभिएको पार्टी हो। एमालेमाथि भइरहेको आक्रमण विदेशी स्वार्थसँग जोडिएको छ, तर हाम्रो पार्टी विकास, सुशासन र जनविश्वासको पक्षमा दृढ रूपमा उभिएको छ। जनताको भरोसा जित्न काम र व्यवहार नै पार्टीको मूल मन्त्र हो। लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा अब जनआन्दोलनमार्फत मात्रै सम्भव रहेको बताए ।

त्यसैगरी, एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलराम अधिकारीले विदेशी स्वार्थ र देशभित्रका दलालहरूले एमालेलाई कमजोर पार्ने प्रयास गरेको बताउँदै भने— “एमाले जनताको भरोसाको केन्द्र बनेर अडिएको छ।”

लुम्बिनी प्रदेशसभा सदस्य नेत्रराज अधिकारीले एमालेलाई कठिन परिस्थितिले अझ बलियो बनाउने उल्लेख गर्दै भने“सच्चा कार्यकर्ता कहिल्यै विचलित हुँदैन।”प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले बताए “एमालेमाथिको आक्रमण पार्टीमाथि मात्र होइन, राष्ट्रिय स्वाभिमानमाथि भएको हो।”

जिल्ला अध्यक्ष बाबुराम खनालले संगठन सुदृढीकरण र जनमुखी अभियानलाई प्राथमिकता दिने बताए

केन्द्रीय सदस्य सुशील श्रीवास्तवले अनुशासन, एकता र जिम्मेवारीका साथ संगठन सुदृढ गर्न आग्रह गरे भने केन्द्रीय सल्लाहकार परिषद् सदस्य अकबाल अहमद शाहले एमाले सबै धर्म, जात र समुदायको साझा राजनीतिक संगठन भएको बताए।कार्यक्रमको अध्यक्षता महादेव पोखरेल, अध्यक्ष एमाले शिवराज नगर कमिटीले गरेका थिए। उनले भने— “राजनीति सेवा र विकासको माध्यम हो। जनताको समस्या समाधान र संगठन सुदृढीकरण नै हाम्रो प्राथमिकता हो।”कार्यक्रममा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation