राजमो रुपन्देही अध्यक्ष टान बहादुर केसीको अन्तिम संस्कार मगरघाटमा सम्पन्न

 

७ कात्तिक २०८२, शुक्रबार
बुटवल।

राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष तथा नेकपा (मसाल) रुपन्देहीका सचिवालय सदस्य टानबहादुर केसीको बुटवलस्थित मगरघाटमा आज अन्तिम संस्कार गरिएको छ।

भाइटिकाको भोलिपल्ट, कात्तिक ७ गते आइतबार, विस्तारित राजनीतिक तथा सामाजिक उपस्थितिमा उहाँको अन्त्येष्टि सम्पन्न गरिएको हो।

कात्तिक ६ गते भाइटिकाको दिन टिका लगाइसकेपछि नाचिरहेका क्रममा अचानक बेहोस भएका केसीलाई उपचारका लागि बुटवल अस्पताल प्रालिमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

शोकसभा सम्पन्न

अन्त्येष्टिअघि घाटमै शोकसभा सम्पन्न गरिएको थियो।
कार्यक्रम राजमो रुपन्देहीका गङ्गालाल सापकोटाको सञ्चालनमा अघि बढेको थियो।

शोकसभामा नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्तले पार्टीको झन्डा ओढाई दिवंगत केसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य वाचन गर्नुभएको थियो।

त्यस्तै, राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायत वक्ताहरूले केसीको योगदान स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरे।

विस्तृत सहभागिता

शोकसभामा

राष्ट्रियसभा सांसद तथा जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा

राजमो केन्द्रीय सदस्यहरू लालबहादुर थापा तथा सागर केसी

क्रान्तिकारी कम्युनिस्ट पार्टीका पिबिएम प्रेम सुवेदी

नेकपा (एमाले) का केन्द्रिय सद! गिरधारीलाल न्यौपाने

नेकपा (माओवादी केन्द्र) का निर्मल जिसी

नेपाल कम्युनिस्ट पार्टीका पिबिएम बसन्त श्रेष्ठ

नेकपा (माले) का गोपालमणि पौडेल

अन्टुकका अध्यक्ष लोकराज भुसाल

कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य

स्थानीय जनप्रतिनिधि, परिवारजन, विभिन्न दल तथा संगठनका नेता कार्यकर्ता र स्थानीयवासीहरू उपस्थित थिए।

राजनीतिक यात्राको दिगो योगदान

२०२६ भदौ २६ गते अर्घाखाँचीको भूमिकास्थान–४ साना अवलमा जन्मिएका केसी लामो समयदेखि स्थानीय तथा प्रवासी क्षेत्रमा प्रगतिशील राजनीति र जनवर्गीय संगठनमा सक्रिय रहँदै आएका थिए।

भारतमा बसोबास गर्ने क्रममा उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँदिल्ली नगर समितिको सचिवका रूपमा क्रियाशील हुँदै सन् १९९६ मा मसाल पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो।

पछिल्लो समय बुटवल उपमहानगरपालिका–१९ नहरपुरमा बस्दै आउनुभएका केसी बुबा तिलबहादुर खत्री र आमा तैसरा खत्रीका कान्छा छोरा हुनुहुन्थ्यो।

उहाँको परिवारमा

पत्नी लक्ष्मी केसी

छोराहरू राजन केसी, अभिषेक केसी र राहित केसी रहेका छन्।

राजमो रुपन्देही तथा प्रगतिशील राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका टानबहादुर केसीको निधनले संघसंगठनले अपूरणीय क्षति व्यहोरेको वक्ताहरूले उल्लेख गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation