रुकुम पश्चिम, कात्तिक ८, २०८२ – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेमा सोमबार भएको जिप दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार, सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो।
मृत्यु हुने व्यक्तिहरू:
टेकजंग बुढा, १६ वर्ष, आठबिसकोट–१
कल्पना नेपाल, १५ वर्ष, आठबिसकोट–१
सबिता विक, २८ वर्ष, आठबिसकोट–१
दिलमाया बुढा, १५ वर्ष, आठबिसकोट–१
मनिका ओली, १७ वर्ष, आठबिसकोट–२
शर्मिला विक, १८ वर्ष, आठबिसकोट–२
गोपाल ओली, २२ वर्ष, आठबिसकोट–२
कमला ओली, आठबिसकोट–३
घाइते हुने व्यक्तिहरू:
सिर्जना बुढा, १७ वर्ष
सपना नेपाल, १५ वर्ष
जुना बुढा, १८ वर्ष (नेपालगन्ज रिफर)
संगीता बुढा, १७ वर्ष
शान्ति बुढा, १९ वर्ष
अञ्जना ऐरी, १७ वर्ष
महिमा ओली, २० वर्ष
मनिषा थापा, १७ वर्ष
सबिता विक, १५ वर्ष
चालक टोपजंग बुढा, मुसिकोट–२
घाइतेमध्ये जुना बुढालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने बाँकी नौ जनाको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ।
प्रहरीका अनुसार मृतक र घाइते सबै एक कार्यक्रममा सहभागी भएर गाउँ फर्किँदै गर्दा जिप दुर्घटनामा परेको थियो।











