रिब्दीकोटका किसानलाई अकबरे खुर्सानीले दिलायो चाडपर्वको खुसी

 

तानसेन , रिब्दीकोट गाउँपालिकाका किसानहरूका लागि यस वर्षको दसैँ–तिहार विशेष छ । घरमै उत्पादित अकबरे खुर्सानी बिक्री गरेर आएको आम्दानीले उनीहरूलाई आर्थिक रूपमा सबल बनाएर चाडपर्व रमाइलोसँग मनाउन सक्षम बनाएको छ।

फेकका जितबहादुर छहरी विगतमा खर्च जुटाउन अरूसँग ऋण माग्नुपर्ने बाध्यता सुनाउँछन्। तर, यस वर्ष चाहिँ खुर्सानीले नै त्यो अभाव पूरा गरिदियो। “अकबरे लगाएपछि आम्दानी सहज भएको छ, अब चाडपर्व मनाउन कसैसँग हात फैलाउनुपरेन,” उनले सन्तोष व्यक्त गरे। छहरीले यस पटक मात्र करिब चार लाख रुपैयाँ कमाउन सफल भएका छन्।

यस्तै, सीता खाम्चा पनि खुर्सानी खेतीबाटै ऋणमुक्त चाड–पर्व मनाउँदैछिन्। “पहिले त चाडपर्व आए पनि खर्चको टेन्सन हुन्थ्यो। अहिले भने अकबरेले घरभित्रै कमाइ गरिदियो,” उनको अनुभव छ।

खुर्सानीखेती : वैदेशिक रोजगारीको विकल्प

रिब्दीकोटमा वन्यजन्तुको बढ्दो आतंक का कारण परम्परागत अन्नबाली जोगाउन कठिन हुँदै गयो। त्यसपछि किसानहरू वैकल्पिक रूपमा नगदेबाली रोज्न थाले, जसमा अकबरे खुर्सानी मुख्य भएको छ।

गाउँपालिकाकी कृषि शाखा प्रमुख प्रज्ञा लामटाङ्गे भन्छिन्

“स्थानिय सरकार र कृषि परियोजनाको निरन्तर सहयोगपछि खुर्सानीखेती व्यावसायिक मोडमा पुगेको छ। अहिले त यहाँ कुनै घर खुर्सानीबिनै छैन।”दसैँअघि मात्र करिब चार करोड रुपैयाँ बराबरको खुर्सानी स्थानीय सहकारीमार्फत बजारमा पुगेको जनाइएको छ।आत्मनिर्भरता र रोजगारी दुवैमा योगदान

पूर्वअध्यक्ष नारायणबहादुर जिसी को भनाइमा

>“कृषिमा केही हुँदैन भन्ने धारणालाई अकबरेले गलत सावित गरिदियो। अहिले युवाहरू पनि गाउँमै बसेर कमाउन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation