आन्दोलन

लालकिरण पोख्रेल  

यहाँ आन्दोलनमा हुन्छ 

छाेराछाेरी मारिन्छ

रगतको भेल बगाइन्छ

आमाको काख रितिन्छ

श्रीमतीको सिन्दुर पुछिन्छ

बाबाको भराेसा टुटिन्छ

बालबच्चा टुहुरा बनाइन्छ 

आन्दोलन हुन्छ ।

दिदीबहिनीको हात खाली हुन्छ 

आफन्तको माया टुटाइन्छ

राजनीतिक आराेप लगान्छ

जेलकाे कठघरामा उभाइन्छ

गाउँ सुनसान हुन्छ 

प्रकृति उजाड हुन्छ

फूल पनि ओइलाउँछ

चराचुरुङ्गी पनि हराउँछन्

मसानघाटकाे राज्य हुन्छ 

आन्दोलन हुन्छ ।

 

क्षणभरमा इतिहास मेटिन्छ

अदालत खरानी हुन्छ 

संसद खरानी बन्छ

भाैतिक संरचनाबाट

कालाे मुस्लो निस्कन्छ 

आकाश कुहिराेले छाेपिन्छ

जगतमा हाहाकार मचिन्छ

घाइतेहरूको  चित्कार सुनिन्छ 

देश सन्नाट हुन्छ 

आन्दोलन हुन्छ ।

विकासको बाटो अबरुद्ध हुन्छ 

कुन ऋतु आउँछ जान्छ

कसैलाई थाहा हुँदैन 

कुन पर्व आउँछ जान्छ

मानवमा उमङ्ग ल्याउँदैन

देश आज निसासिएकाे

जरा कुहिएर मक्किएकाे

पत्र झरेर निखार वृक्ष

आन्दोलन हुन्छ ।

विदेश जानेकाे लर्काे देखिन्छ 

बाकसमा शव ल्याएको देखिन्छ 

कालाे बजारले उचाइलिन्छ

व्यापार घाटा चुलिन्छ

विदेशी ऋणमा देश चलाइन्छ

अर्थतन्त्र बालुवा मिसाइन्छ

देशको जर्जर भएको छ

शासकहरू कुम्भकर्ण बनेर

मूलद्वार बन्द गरेर

जस्केलाबाट नयाँ 

सरकार निर्माण भएको छ 

आन्दोलन हुन्छ ।

यहाँ व्यक्तिगत 

पारिवारिक 

समूहका स्वार्थ 

संस्थाका स्वार्थ 

पूरापूर गर्नकाे लागि

आन्दोलन हुन्छ ।

यहाँ 

कहिले उत्तरी हावाले छुन्छ 

कहिले दक्षिणी हावाले छुन्छ 

कहिले पश्चिमी हावाले छुन्छ

कहिले पूर्वेली हावाले छुन्छ 

देशमा भिषण आन्दोलन गराउँछ 

देशलाई तहसनहस बनाउँछ 

समाचारले प्राथामिकता पाउँछ 

निरीह जनता काकाकुल बनेर

निर्मल, स्वच्छ र सफा

आकाश एकाेहाेराे हेरिरहन्छन् ।

आन्दोलन हुन्छ  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation