मुल प्रबाह — अखिल भारत नेपाली एकता समाज, श्री गंगानगर नगर समितिका पूर्व सदस्य रामप्रसाद भन्डारीको आज निधन भएको छ। प्युठान लुपलुङमा जन्मिएका भन्डारी हाल राप्ती गाउँपालिका–८, लालमटियामा बसोबास गर्दै आएका थिए। लामो समयदेखि क्यान्सर रोगले पीडित भन्डारीको निधनले समाज र परिवारमा गहिरो दुःख उत्पन्न भएको छ।
भन्डारी आफ्नो इमानदार र समर्पित व्यक्तित्वका कारण समाजमा सम्मानित व्यक्तित्व बनेका थिए। उनले लामो समयसम्म गंगानगर मुल प्रबाह अखिल भारत नेपाली एकता समाजमा सक्रिय भूमिका निभाउँदै योगदान पुर्याएका थिए। करिब १९९७ तिर भन्डारी गोलबजार क्षेत्रका अध्यक्ष रहँदा सोही समयमा सचिवको रूपमा सहयोग पुर्याएका अनुभव साथीहरूले सम्झन्छन्। पाँच वर्षअघि न्यायिक रिट मार्फत स्वदेश फर्किएका भन्डारीले समाज र समुदायमा निरन्तर योगदान गर्दै आएका थिए।
भन्डारीको निधनको दुःखद घडीमा समाजका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले उनको योगदान र व्यक्तित्वको सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। भट्टराईले भन्डारीको ईमानदारी, निष्ठा र समाजप्रति समर्पण सदैव स्मरणीय रहने बताउँदै परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरेका छन्।
समाजका सदस्यहरू र स्थानीय नागरिकहरूले पनि रामप्रसाद भन्डारीको योगदानलाई सम्झँदै उनको आत्माको चीरशान्तिको कामना गरेका छन्।
भन्डारीको जीवन र योगदानले मुल प्रबाह तथा सम्पूर्ण समाजमा सदैव प्रेरणा र मार्गदर्शनको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ।











