शंकर प्रसाद पोख्रेल ।
बुटवल । बुटवलको कालिकानगर मेन सडक क्षेत्रमा छाडा गोरु तथा गाई स्वतन्त्र रूपमा आवतजावत गर्ने क्रम बढेपछि सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ।
स्थानीयवासीका अनुसार राति मात्र नभई दिनको समयमा समेत सडकमा गोरु–गाई हिँडिरहने भएकाले मोटरसाइकल, स्कुटर र साना सवारी साधनले ठूलो सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ। यसले सडकमा जाम सिर्जना हुनुका साथै बालबालिका, पैदलयात्री र साइकलयात्रीहरू पनि जोखिममा परिरहेका छन्।
सार्वजनिक सडकमा पशु छाडा छाड्ने प्रवृत्ति रोक्न सम्बन्धित निकाय सक्रिय हुनुपर्ने स्थानीयले माग गरेका छन्। यस विषयमा उपयुक्त व्यवस्थापन तथा निगरानी नहुँदा समस्या वर्षौँदेखि दोहोरिन आएको स्थानीयहरूको गुनासो छ।
नगरपालिकाले भने छाडा पशु नियन्त्रण गर्नको लागि गौसाला नै संचालन गरेको छ। तरपनी सडकमा छाडा गाई गरु यत्रतत्र भेटिन्छन।











