प्रधानमन्त्री बन्न मन थिएन : सुशीला कार्की

 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नभएको बताएकी छन्।
बुधबार बालुवाटारमा भएको त्रिपक्षीय बैठकपछि उनले भनिन्, “म रहरले आएकी होइन, तर जेनजीका युवाहरूको आग्रह र देशको अप्ठ्यारो अवस्थाले जिम्मेवारी लिन बाध्य बनाए।”

उनले आन्दोलनका सहिद र घाइते युवाको सम्झना गर्दै सरकार जनताको विश्वास जित्ने दिशामा लागिपरेको बताइन्।
कार्कीले विदेशी हस्तक्षेपका आरोप अस्वीकार गर्दै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation