रुपन्देही, बुटवल – मजदुर नेता कमल गौतमको बिहीबार निधन भएको छ। बुटवल निवासी नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का केन्द्रीय उपाध्यक्ष गौतम भैरहवामा आयोजित धर्ना कार्यक्रममा सम्बोधन गर्दै गर्दा बेहोस भएर लड्नु भएको थियो।
उद्योगहरुको ट्रंक लाइन विवादका विषयमा आयोजित कार्यक्रममा सम्बोधन गरिरहँदा अचानक बेहोस भएका गौतमलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो। तर, अस्पतालमा डाक्टरले उहाँको मृत्यु भएको घोषणा गरेका छन्।
गौतमको निधनले मजदुर आन्दोलन र ट्रेड युनियन क्षेत्रमा ठूलो क्षति पुगेको देखिन्छ।











