बागलुङमा रक्तिमको जिल्ला प्रशिक्षणपछि प्रगतिशील तथा जनवादी भैलो सम्पन्न

 

बागलुङ । रक्तिम सांस्कृतिक अभियान बागलुङद्वारा आयोजित जिल्ला प्रशिक्षण २०८२असोज २५ देखि २९ गतेसम्म बुर्तिवाङ बजारमा सम्पन्न भएको छ। उक्त कार्यक्रम जिल्ला अध्यक्ष सहबिन अर्गेजाको अध्यक्षतामा र केन्द्रिय अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको थियो। कार्यक्रममा जिल्ला कोषाध्यक्ष रुनमाया थापाले स्वागत मन्तव्य र जिल्ला सचिव कुलबहादुर छन्त्यालले सञ्चालन गरेका थिए।

प्रशिक्षण सम्पन्न भएपछि जिल्लाका विभिन्न पालिकाहरूमा “महान सर्वहारा सांस्कृतिक क्रान्ति जिन्दावाद ! प्रगतिशील तथा जनवादी आन्दोलन जिन्दावाद !” भन्ने मूल नाराका साथ प्रगतिशील देउसी–भैलो कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त भैलो कार्यक्रम राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, जिल्ला कोषाध्यक्ष दिपक थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रिय सदस्य धनबहादुर कुँवर, रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सचिव तथा जिल्ला अध्यक्ष सहबिन अर्गेजा, जिल्ला सचिव कुलबहादुर छन्त्याल, र ढोरपाटन नगर अध्यक्ष झकप्रसाद श्रेष्ठको नेतृत्वमा कात्तिक २ देखि ४ गतेसम्म ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका सिमसार, देवचोक, दरबार होटल, न्युरोड, बैंक लाइन, जनमोर्चा चोक, लालीगुराँस चोक, स्वामीबोट र बसपार्क हुँदै हिमाली पोलिक्लिनिकमा पुगेर सम्पन्न गरिएको थियो। कात्तिक ५ गते कलाकारहरूलाई सम्मान गरेर कार्यक्रम समापन गरिएको थियो।

निसीखोला गाउँपालिकाबाट दुई टोली छुट्टिएर देउसी–भैलो खेलेका थिए। पहिलो टोली राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष खिमबिक्रम शाही र रक्तिम सांस्कृतिक अभियान बागलुङका जिल्ला सदस्य सबराज छन्त्यालको नेतृत्वमा कात्तिक ४ देखि ६ गतेसम्म निसीखोला गाउँपालिका–१ झिम्पा, वडा नं ३ र ४ झिवाखोला बजार र वडा नं २ बाहुनगाउँमा कार्यक्रम सम्पन्न गरेको थियो।

दोस्रो टोली कात्तिक ३ देखि ८ गतेसम्म राष्ट्रिय जनमोर्चा पूर्वी रुकुम जिल्ला समितिको समन्वयमा प्रगति बुढा, राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला सदस्य थमन घर्ती, निसीखोला गाउँ समिति सचिव लालबहादुर सिंजाली, अखिल नेपाल शिक्षक संघ केन्द्रिय सदस्य शत्रुधन श्रेष्ठ, पूर्वी रुकुम जिल्ला सदस्य गणेश प्रकाश बुढा र अखिल नेपाल युवक संघ केन्द्रिय सदस्य भिषम छन्त्यालको नेतृत्वमा पुठाउत्तरगंगा गाउँपालिका–५ हुकाम, छुमडाँडा, मैकोट, मयाङ, बिर्गमखानी, तक बजार र भूमे गाउँपालिका–१ लुगुम गाउँमा कार्यक्रम सम्पन्न गरेको थियो।
उक्त दुई टोली बाहुनगाउँमा भेटिएर कात्तिक १० गतेका दिन कलाकारहरूलाई सम्मान गरी समापन गरिएको थियो।

त्यस्तै, नेकपा (मसाल) जिल्ला प्रवक्ता मेकबहादुर पाइजा, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोखरेल, जिल्ला सदस्य बोमबहादुर थापा, राजमो बडिगाड गाउँपालिका सचिव बिमल श्रीस, रक्तिम जिल्ला कोषाध्यक्ष रुनमाया थापा र बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनको नेतृत्वमा कात्तिक ३ देखि ८ गतेसम्म बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनी, नेटा–खर्क, घोरघोरे, वडा नं ५ बारीगाउँ–खाल्चेपानी, जलजला, वडा नं २ राक्से, खौलार बजार, वडा नं १ दगा, गराधारा र तुम्डाँडामा देउसी–भैलो कार्यक्रम सम्पन्न गरिएको थियो। त्यसपछि कलाकारहरूलाई सम्मान गर्दै समापन गरिएको थियो।

राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य बेदीलाल सापकोटा, जिल्ला सदस्य नारायण सापकोटा, पदम श्रेष्ठ, खड्क बी.के., जिल्ला सल्लाहकार टंक केसी, गल्कोट नगर सचिव बीरबल श्रेष्ठ, वडा नं ११ का अध्यक्ष भक्तिराम पुन, अखिल नेपाल शिक्षक संघ केन्द्रिय सदस्य पुष्कर सापकोटा, शिक्षक केन्द्रिय प्रतिनिधि टीकाराम कँडेल र अखिल नेपाल किसान महासंघ नगर अध्यक्ष यमबहादुर खड्का लगायतको नेतृत्वमा कात्तिक ४ देखि ८ गतेसम्म गल्कोट नगरपालिका–हरिचौर, डाँडाखेत, गल्याङ, रिष्मी र सानो रिघामा देउसी–भैलो खेली कलाकारहरूलाई सम्मान गरिएको थियो।

त्यस्तै, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय कोषाध्यक्ष होमबहादुर पुन, अखिल नेपाल युवक संघ केन्द्रिय सचिव बीरेन्द्र थापा र रक्तिम सांस्कृतिक अभियान जिल्ला सह–सचिव झलक पुनको नेतृत्वमा जैमिनी नगरपालिकाको कुस्मीसेरा, पर्वतको फलेबास बजार, जैमिनी–६ अर्जेवा, वडा नं ५ बिनामारे र वडा नं ९ पंयुथन्थापमा कात्तिक २ देखि ८ गतेसम्म देउसी–भैलो सम्पन्न भएको थियो।

रक्तिम सांस्कृतिक अभियानले आफ्नो स्थापनाकालदेखि नै जनघात, राष्ट्रघात, कुसंस्कार, कुशासन, विकृति, विसङ्गति, कुप्रथा, हत्या, हिंसा, बलात्कार, घुसखोरी, सुद्खोरी, जातीय र लैङ्गिक विभेद, सामन्तवाद, भ्रष्टाचार, शरणार्थी काण्ड, असमान सन्धि–सम्झौता, संघीयता विरोधी प्रवृत्ति, प्रतिक्रियावाद र साम्राज्यवाद विरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ।
गीत, संगीत र नृत्यका माध्यमबाट जनचेतना फैलाउने कार्यमा सक्रिय रक्तिम परिवारले २०८२ सालको तिहारको अवसरमा बागलुङका विभिन्न पालिकासँगै देशका अन्य जिल्लाहरूमा पनि प्रगतिशील तथा जनवादी देउसी–भैलो सम्पन्न गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation