मुल प्रबाहको ४७औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम हुने

 

नयाँ दिल्ली, भारत।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४७औं स्थापना दिवसको अवसरमा ‘प्रवासी नेपालीहरूका मताधिकारको प्रश्न र नेपालको जेनजी आन्दोलन’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजित गरिएको छ।

कार्यक्रम आगामी नोभेम्बर ७, २०२५ (शुक्रबार) का दिन आईटीओ, नयाँ दिल्लीस्थित राजा राममोहन राय मेमोरियल हलमा दिउँसो १ बजे आयोजना हुने भएको छ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल किसान संघका अध्यक्ष भैरव रेमी रहनेछन्।

कार्यक्रममा प्रवासी नेपाली समुदायका अगुवा, समाजसेवी, विद्यार्थी तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिको अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यो कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले आयोजना गरेको हो।

सम्पर्कका लागि आयोजकले ९९१०५३५७११, ७७०१९७१८९६, ९८१०९७२२४६, ९१२११८२५६८, ९४१४९४८७९० लगायतका नम्बर सार्वजनिक गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation