मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जलन्धरद्वारा जनवादी भैलो समीक्षा कार्यक्रम सम्पन्न

 

जलन्धर, भारत — कार्तिक १७, २०८२ (नोभेम्बर २, २०२५)।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति जलन्धरद्वारा आयोजित २०८२ सालको जनवादी भैलो कार्यक्रमको समीक्षा आज सम्पन्न भएको छ।

कार्यक्रम गुरुनानकदेव जिल्ला लाइब्रेरी, जलन्धरमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा कुल बहादुर बगाले, जीतमान थापा, महिला विभागकी केन्द्रीय सदस्य शुष्मा खड्का र अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय सदस्य शिखर गाहाको आतिथ्यता रहेको थियो।

समीक्षात्मक कार्यक्रममा रामु बिक, गिरी रसाइली, इन्दिरा कुँवर, रोशनी बस्याल, रमा बिष्ट, संजीत बस्याल, मधुकर भण्डारी, वासुदेव पौडेल, लक्ष्मी थापा, जमुना गाहा, कविता थापा र अमृता बिष्टलगायतले आ–आफ्ना टिप्पणी र सुझावहरू प्रस्तुत गरेका थिए।

त्यस्तै, शिखर गाहा, शुष्मा खड्का र जीतमान थापाले पनि आफ्ना विचारहरू राखेका थिए।
कार्यक्रमको सञ्चालन लक्ष्मण खड्का, स्वागत लक्ष्मी थापा र अध्यक्षता हिम प्रसाद सुनामले गर्नुभएको थियो।

प्रमुख वक्ता कुल बहादुर बगालेले जनवादी भैलोको उपलब्धि, चुनौती र सुधारका सम्भावनाबारे विस्तृत रूपमा प्रष्ट पार्नुभएको थियो। उहाँले कार्यक्रममा आम्दानी–खर्चको लेखाजोखा, वित्तीय पारदर्शिता र उच्च समितिमा प्रतिशत प्रेषण सुनिश्चित गर्ने निर्णयबारे जानकारी दिनुभयो।

समीक्षा कार्यक्रममा संगठनका सबै तहका कार्यकर्ताहरू, विद्यार्थीहरू, सांस्कृतिक टोलिका सदस्यहरू, शुभचिन्तक र अभिभावकहरूको सक्रियता र सहभागिताको स्तरको मूल्यांकन गरिएको थियो।

सांस्कृतिक दृष्टिले, कार्यक्रममा देउसी–भैलो जस्ता नेपाली परम्परागत गतिविधिहरूले सांस्कृतिक जगेर्ना र एकताको सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेलेको विषयमा चर्चा गरिएको थियो।

भविष्य योजनाका सन्दर्भमा, कार्यक्रमले कमजोरी पहिचान गरी आगामी भैलोहरूलाई अझ प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना बनाएको छ। साथै, आर्थिक पारदर्शिता, प्रतिशत प्रेषण र सांस्कृतिक विभागका कलाकार टोलिका कार्यकर्ताहरूलाई विशेष धन्यवाद दिइएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation