रुपन्देहीका चार उद्योगले तिरे प्रिमियम महसुलको पहिलो किस्ता

 

रुपन्देहीमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका चार उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम महसुलको बक्यौता तिरेका छन्। ती उद्योगले सोमबार पहिलो किस्ताको रकम बुझाएका हुन्।

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले बक्यौताको पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए। उनका अनुसार पहिलो किस्ता तिरेपछि विद्युत् विच्छेद गरिएको ती उद्योगको लाइन पुनः जडान गरिएको छ।

कार्यकारी निर्देशक सिलवालका अनुसार ती उद्योगहरूले सन् २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुल बुझाएका हुन्। प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिक उद्योगको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको एक करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ।

प्राधिकरणले बक्यौतामाथि सहजीकरण गर्दै २८ किस्तामा विभाजन गर्ने निर्णय गरेको थियो, जसअन्तर्गत ती उद्योगहरूले पहिलो किस्ता तिरेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation