भैरहवास्थित होटेल निर्वाणामा मध्यराति गोली प्रहार, सुरक्षा गार्ड घाइते

 

रुपन्देही, कार्तिक १८ — भैरहवास्थित होटेल निर्वाणामा सोमबार मध्यराति गोली प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार राति करिब १ बजेतिर होटेल परिसरभित्र गोली चल्दा एक सुरक्षा गार्ड घाइते भएका छन्।

घाइते हुनेमा बुटवल उपमहानगरपालिका–१५ का २७ वर्षीय मीन बहादुर परियार रहेका छन्। उनको दायाँ खुट्टाको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ।

घाइते परियारलाई उपचारका लागि भैरहवास्थित भिम अस्पतालमा  लगिएको थियो। घटनास्थलमा तत्कालै पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको जनाएको छ।

गोली कसले र किन चलायो भन्ने विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation