कपिलवस्तुमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु भएको आशंका

 

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–४ ठाकुरापुरमा लु ८७ प ७२१३ नम्बरको स्कुटर कुलोमा खसेको अवस्थामा फेला परेको छ। स्कुटर कुँवर हार्डवेयर नजिकैको कुलोमा खसेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार, उक्त स्कुटर चालक जीवित नरहेको देखिएको छ। घटनास्थलमा हाल प्रहरी टोली पुग्दै गरेको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

प्रारम्भिक अनुमान अनुसार, राति नै दुर्घटना भएर स्कुटर कुलोमा खसेको हुन सक्ने आशंका गरिएको छ। हालसम्म चालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप विवरण संकलन भइरहेको र पहिचान र मृत्युको आधिकारिक पुष्टि पछि विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation