काठमाडौं, रुपन्देही — २०८२ कार्तिक १९ गते।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले जेएन–जी आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको अत्यधिक बल प्रयोगबाट भएको मानवीय क्षति, हत्या, हिंसा, तोडफोड र आर्थिक अव्यवस्थाको कडा निन्दा गर्दै दोषीमाथि तत्काल कानूनी कारबाही गर्न माग गरेको छ।
संघले रुपन्देही जिल्लामा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेललाई र सहायक प्रमुख जिल्ला अधिकारी मेघराज उपाध्यायमार्फत, प्रधानमन्त्री शुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको हो।
उक्त ज्ञापनपत्रमा भनिएको छ ।
“साउन २३ र २४ गते देशभर भएको जेएन–जी आन्दोलनका क्रममा सरकारले अपनाएको बलपूर्वक कदमका कारण निर्दोष नागरिकले ज्यान गुमाउनु परेको, घाइते भएका र सम्पत्तिमा ठूलो क्षति पुगेको विषय अत्यन्त दुःखद र गम्भीर छ।”

संघले महामारी र आर्थिक मन्दीका कारण पहिले नै प्रभावित औद्योगिक क्षेत्र अझ नाजुक स्थितिमा पुगेको जनाउँदै, यस्तो संवेदनशील समयमा बल प्रयोगले लगानी वातावरणमा नकारात्मक असर पारेको जनाएको छ।
संघका प्रमुख मागहरू
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले प्रधानमन्त्रीसमक्ष राखेका प्रमुख मागहरू यसप्रकार छन् —
१. जेएन–जी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरी भएको मानवीय क्षतिको पूर्ण छानबिन गरी दोषीहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन।
२. आन्दोलनका क्रममा तोडफोड, आगजनी र अन्य क्रियाकलापबाट क्षति पुगेका निजी तथा सरकारी सम्पत्तिको तत्काल मूल्यांकन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन।
३. आन्दोलनका क्रममा निजी उद्योग, व्यवसाय र सेवाक्षेत्रमा भएका आक्रमण घटनाको सत्यतथ्य छानबिन गरी जिम्मेवारहरूलाई कानूनी दायरामा ल्याउन।
४. उद्योगी तथा व्यापारीहरूको सुरक्षा सुनिश्चित गर्न स्थायी सुरक्षा संयन्त्र स्थापना गर्न र लगानीमैत्री वातावरण पुनःस्थापित गर्न।
५. लगानी र व्यावसायिक विश्वास पुनःस्थापना गर्न दीर्घकालीन रणनीति निर्माण गरी निजी क्षेत्रसँग सहकार्य बढाउन।
६. औद्योगिक क्षेत्रका डेडिकेटेड तथा ट्रंकलाइनजस्ता अत्यावश्यक सेवामा देखिएका अवरोध हटाई सहज आपूर्ति सुनिश्चित गर्न
ज्ञापनपत्रमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय र जिल्ला तहका वरिष्ठ पदाधिकारीहरूले सामूहिक रूपमा हस्ताक्षर गरेका छन्।
हस्ताक्षर गर्ने पदाधिकारीहरू यसप्रकार छन।
. पदम प्रसाद श्रेष्ठ – वरिष्ठ उपाध्यक्ष, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ केन्द्रीय समिति
. ढुन्डिराज शर्मा – निबर्तमान केन्द्रीय अध्यक्ष
. उमलाल बन्जाडे – अध्यक्ष, जिल्ला समिति रुपन्देही
. गंगालाल सापकोटा – सचिव, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ, रुपन्देही
. नारायण पुन – सदस्य, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ, रुपन्देही
. दिनेश पाण्डे – सदस्य, जिल्ला समिति रुपन्देही
. शिवराम उपाध्याय – सदस्य, जिल्ला समिति रुपन्देही
र सल्लाहकार हरु चेतनाथ आचार्य र बद्रे आलाम।
संघको धारणा
संघले सरकारलाई देशमा शान्ति, स्थायित्व र आर्थिक पुनरुत्थानका लागि तुरुन्त प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
ज्ञापनपत्रमा भनिएको छ।
> “हामी विश्वास गर्छौं कि सरकारद्वारा आवश्यक कदम उठाइनेछ, जसले देशको औद्योगिक, व्यापारिक र आर्थिक स्थायित्वमा टेवा पुर्याउनेछ। संघ सधैं सरकारसँग सहकार्यका लागि तयार छ।”

संघले नागरिक अधिकार, उद्योग–व्यवसायको सुरक्षा र आर्थिक पुनरुत्थानका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको पनि जनाएको छ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ, रुपन्देहीले जेएन–जी आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोगको विरोध गर्दै पीडितहरूलाई न्याय, घाइतेहरूको उपचार र प्रभावित उद्योग–व्यवसायको पुनर्स्थापना सुनिश्चित गर्न माग गरेको छ।
संघले आर्थिक स्थायित्व, लगानीमैत्री वातावरण र औद्योगिक सुरक्षाको पक्षमा सरकारसँग तुरुन्त पहलको अपेक्षा व्यक्त गरेको छ।












