पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित प्रसिद्ध सत्यवती मन्दिरमा भक्तजनले चढाएका भेटीबाट करिब ३२ लाख रुपैयाँ नगद संकलन गरिएको छ।
चिच्याएर वर माग्ने परम्पराको लागि परिचित सत्यवती मन्दिरमा यस वर्ष पनि हजारौँ भक्तजनले पुजा–दर्शन गरी भेटी अर्पण गरेका थिए। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्छ, जसमा स्थानीयसहित विभिन्न जिल्लाबाट तीर्थालुहरूको ठूलो भीड लाग्ने गर्दछ।











