कपिलवस्तुमा दुई वर्षीया बालिका मन्शा ओझा मृत फेला, गाउँ शोकमा

 

कपिलवस्तु — दुई दिनअघिदेखि हराएकी दुई वर्षीया मन्शा ओझा सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्। मन्शाको शव मर्थी खोलामा भेटिएको प्रहरीले पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सुभाष खतीवडाका अनुसार शनिबार बिहान घरअगाडि खेल्दै गर्दा हराएकी बालिकाको शव घरदेखि करिब तीन किलोमिटर टाढा, मायादेवी गाउँपालिका–१ र शुद्धोधन गाउँपालिका–६ को सिमानामा रहेको मर्थी खोलामा फेला परेको हो।

घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाको शवलाई नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि तौलिहवा अस्पताल पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

अचानक भएको यस दु:खद घटनापछि ओझा परिवारमा गहिरो शोक छाएको छ भने गाउँभर नै स्तब्धता छाएको स्थानीयहरूले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation