५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर

 

आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त गर्न गरेको निर्णय उपसभामुख बबिता कुमारी राउत ईश्वरले बदर गरिदिएकी छिन्।

सभामुखले लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै ती संसदहरूलाई पदमुक्त गर्ने निर्णय लिएका थिए।

सभामुखको यस निर्णयको केही समयपछि नै उपसभामुख बबिता कुमारी राउत ईश्वरले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भनी महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गरिएको छ।

‘सोको छलफलको लागि समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावकको प्रतिशोध स्वरूप आवेगमा निर्णय गरेको देखिन्छ।” जारी विज्ञप्तिमा भनिएको छ।

साथै, उपसभामुख राउतले प्रदेशसभाको पछिल्लो बैठकको हाजिरी तथा भिडियो रेकर्डबाट सांसदहरू अनुपस्थित नरहेको देखिएको भन्दै सभामुखले गरेको पदमुक्तको निर्णय बदर हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation