नेपाल कम्युनिस्ट पार्टी (मसाल) रूपन्देहीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

 

रूपन्देही, कार्तिक २८/२९ — नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समिति रूपन्देहीले दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेका पा (मसाल) रूपन्देहीका प्रवक्ता लालचन्द्र पन्थको  सञ्चालनमा भएको थियो।

कार्यक्रमको अध्यक्षता सुदिप शर्मा  न नेका पा (मसाल)का पि.वि.एम. सदस्य शितल, केन्द्रिय सदस्य  रूपन्देही इन्चार्ज सुदि प शर्मा, डिसिप सदस्य उत्तरकुमार र हरिशरण लगायतका वक्ताहरूले प्रशिक्षण सत्रलाई सम्बोधन गरेका थिए।

प्रशिक्षणको प्रमुख विषयहरूमा दर्शन, तत्कालीन राजनीति, जेन्जी आन्दोलन र त्यसमा संलग्न राजनीतिक शक्तिहरूको विश्लेषण, आम चुनावसम्बन्धी धारणा तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे दृष्टिकोण समावेश थियो। विषयगत प्रस्तुतिमा उत्तरकुमार, शितल, स. शर्मा र हरिशरणले आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्नहरूको उत्तर दिने विशेष प्रश्न–उत्तर सत्र पनि आयोजना गरिएको थियो। अन्त्यमा मन्तव्य सहित कार्यक्रम औपचारिक रूपमा समापन गरिएको आयोजक समितिले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation