एमालेद्वारा बुटवलमा जनसभा, जेनजी आन्दोलन ‘प्रतिगामी षड्यन्त्र’ रहेको दाबी

 

नेकपा एमालेले आज रुपन्देहीको बुटवलमा सभा तथा जनप्रदर्शन सम्पन्न गरेको छ । देशभरका विभिन्न स्थानमा एकैदिन शक्ति प्रदर्शनको कार्यक्रम सञ्चालन गरिरहेका एमालेले जेनजी आन्दोलनलाई ‘प्रतिगामी र देश अस्थिर बनाउने षड्यन्त्र’ को रूपमा व्याख्या गर्दै त्यसविरुद्ध सचेतना अभियान चलाएको जनाएको छ।

बुटवलको मुख्य सडक क्षेत्रमा आयोजित सभामा पार्टीका केन्द्रीय, प्रादेशिक तथा स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले जेनजी आन्दोलनका नाममा भइरहेका गतिविधिहरूले समाजमा भ्रम र वैमनस्य फैलाएको आरोप लगाउँदै जनताले त्यसलाई पहिचान गर्नुपर्नेमा जोड दिए।

प्रदर्शनका सहभागीहरूले सरकारले अस्थिरता निम्त्याउने प्रयासहरू रोक्नुपर्छ भन्ने मागसहित नाराबाजी समेत गरेका थिए।

एमालेले आज देशका विभिन्न जिल्लामा यस्तै जनसभा र प्रदर्शन कार्यक्रमहरू सञ्चालन गर्दै राष्ट्र, राष्ट्रियता र स्थिरताको रक्षा  गर्ने आफ्नो अभियान निरन्तर रहने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation