रास्वपाको तुफानले : कांग्रेस–एमाले गठबन्धनलाई उडायो

 

रुपन्देही ,बुटवल ।

रुपन्देही जिल्लाको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा रास्वपाले १४ मध्ये ११ पद जित्दै कांग्रेस–एमाले गठबन्धनलाई स्पष्ट हार  गराएको छ।

अध्यक्षमा रास्वपाका कृष्ण थापा ८८ मतसहित विजयी बने भने गठबन्धनका नरबहादुर मल्ल ७५ मतमा रोकिए।
उपाध्यक्षदेखि सदस्यसम्म अधिकांश ठाउँमा रास्वपाका उम्मेदवारले बढत हासिल गरेपछि नतिजालाई स्थानीय राजनीतिको ठूलो मोड को रूपमा हेर्न थालिएको छ।

निर्वाचित सचिव मधुप्रसाद घिमिरेले “हामीलाई १० मत पनि छैन भनी होच्याएपछि जनताले नै मतपेटिकाबाट जवाफ दिएको” प्रतिक्रिया दिए।

नयाँगाउँ खानेपानी चुनावमा थोरै मतले चुकेको रास्वपाले यसपटक मोतिपुर–सेमलारमा क्लिन फिनिश गर्दै गठबन्धनलाई ‘डाउन’ बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation