रुपन्देही ।
नेकपा मसालले रुपन्देहीमा युवा तथा विद्यार्थीहरूलाई जेनजी आन्दोलन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य तथा वामपन्थी नेता दुर्गानाथ खरेलले प्रशिक्षण प्रदान गरेका थिए।
यसै अवसरमा शान्ति नमूना माध्यमिक विद्यालयबाट एसईईमा जिपिए ४.० ल्याउने छात्रा सर्वदा विश्वकर्मालाई अखिल छैटौं रुपन्देहीले सम्मान गरेको छ। प्रमुख अतिथि चित्रबहादुर केसीले प्रशंसा पत्र र खादा ओढाइ सम्मान प्रदान गरे।
कार्यक्रममा विद्यार्थी प्रविन पोख्रेल, सुभना भट्टराई र सम्मानित छात्रा सर्वदा विश्वकर्माले कविता वाचन गरेका थिए।
कार्यक्रमको अध्यक्षता नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन्द्र पन्थले गरेका थिए भने सञ्चालन अखिल नेपाल युबक संघ रुपन्देहीका अध्यक्ष मिलन पोख्रेलले गरे।
त्यसैगरी, स्वागत भाषण अखिल छैटौं रुपन्देहीका जिल्ला अध्यक्ष कुलचन्द्र शर्माले प्रस्तुत गरेका थिए।













