चंडीगढ़मा मूल प्रवाहको देउसीभैलो समिक्षा भेला सम्पन्न

 

खिमराज चालिसे

भारतको चंडीगढ़मा मूल प्रवाहको देउसीभैलो २०८२ को समिक्षा भेला आज आईतवार १६ नोबेम्बर २०२५ को भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रम मूल प्रवाहका केन्द्रीय सदस्य एवं युगदर्शन सम्वाददाता खिमराज चालिसेको प्रमुख अतिथित्यतामा सम्पन्न भएको हो। चालिसेले समारोहलाई सम्वोधन गर्दै “देउसीभैलो समिक्षा भनेको आर्थिक पारदर्शीताको साथै कार्यकर्ताहरुमा नया उर्जा नया हौसलाको साथ प्रगतिशील सांस्कृतिक रुपांतरणको लागी प्रयास गर्नु हो” भन्नु भयो। वहाले देशमा राष्ट्रियता, गणतंत्र र धर्मनिरपेक्षता खतरामा परेको हुदा प्रवासका गल्ली मोहल्लाबाट सचेत संगठित हुदै शशक्त प्रतिकारको लागी तैयार हुनुपर्ने धारणा राख्नु भयो।

सो समारोहलाई सम्वोधन गर्दै विचार राख्ने वक्ताहरुमा अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं अधिवक्ता माधव पोख्रेल, मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रिय सहसचिव तेज बहादुर रोका, क्षेत्रिय सदस्य एवं सांस्कृतिक विभाग संयोजक जुना भन्डारी चालिसे, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, भैलो टिम ए का नेतृत्व मान बहादुर केसी, टिम बि का नेतृत्व थमन थापा, विद्यार्थी संघका केन्द्रीय सदस्य नारायण आचार्य लगाएत हुनुहुन्थ्यो।

कार्यक्रममा मिना बन्जाडे, माया नेपाली, विष्णु अर्याल, संझना बिकले समिक्षा टिप्पणी गर्नु भएको थियो।

समारोहमा भैलोमा सहभागी भएका बालबालिकाहरुलाई क्षेत्रिय सदस्य जुना भन्डारी चालिसेले अबिर टिका लगाएर सम्मान गर्नु भएको थियो भने प्रमुख अतिथि खिमराज चालिसे र नगर अध्यक्ष मान बहादुर केसीले सम्युक्त रुपमा मोमेंटोस (स्मृति चिन्ह) प्रदान गरि सम्मान गर्नु भएको थियो।

समारोहमा संदिप बिक, संझना बिक, कल्पना जीसी, संगिता बिक, कृतिका पान्डे, साहिल आचार्य, आशिष आचार्य, निकाता पान्डे, वर्षा पान्डे, शुभम नेपाली, सुरज जीसी, गंगा परियार, सुरज चालिसे, सार्थक पान्डे, प्रमी ओली, नविन कुमार सोनी, सारब पान्डे, सौरव पौडेल लगाएतका बालबालिकाहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रम थानेश्वर पान्डेको संचालनमा तथा प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत सरस्वता भुसाल र सांस्कृतिक विभागका कलाकारहरुले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation