दुर्गा प्रसाई मध्यरातमै पक्राउ, भद्रकालीमा लगियो

दुर्गा  प्रसाईलाई प्रहरीले मध्यरातमा घरबाटै पक्राउ गरेको छ। उनका सहयोगीहरूका अनुसार दुई दर्जनभन्दा बढी प्रहरीको टोली प्रसाई बसोबास रहेको स्थानमै पुगेको र उनलाई नियन्त्रणमा लिएर भद्रकालीस्थित प्रहरी कार्यलयमा लगिएको पुष्टि भएको छ।

प्रसाईले केही दिनअघि नै आन्दोलनको घोषणा गरेका थिए। उक्त घोषणापछि प्रहरीले उनलाई लक्षित गर्दै गतिविधि र बयानलाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको थियो। सोही क्रममा रातारात उनलाई पक्राउ गरिएको बताइएको छ।

घटनाबारे थप विवरण खुलाइएको छैन तर यसले राजनीतिक तथा सामाजिक वृतमा ठूलो चर्चा पैदा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation