नारायणघाट–बुटवल मार्ग : नारायणी पुल क्षेत्रमा दुई रात यातायात चलाक रोक

 

नवलपुर/चितवन — पूर्वपश्चिम राजमार्गको व्यस्त खण्ड मानिने नारायणघाट–बुटवल मार्ग दुई दिन राति पूर्ण रूपमा बन्द हुने भएको छ। नारायणी नदी पुल–गैँडाकोटतर्फको एप्रोच भागमा कालोपत्र गर्न मंसिर ५ र ६ गते राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिनेछ।

नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालका अनुसार काम सुरक्षित र प्रभावकारी बनाउन सवारीसाधनलाई पूर्ण रोक लगाएर कालोपत्र प्रक्रिया अघि बढाइनेछ।

सडक बन्द अवधिमा पूर्वतर्फ र पश्चिमतर्फ दुवैतर्फका सानादेखि ठूला सवारीसाधन निर्धारण गरिएका स्थानमा रोकिनेछन्। आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न चालक तथा यात्रुलाई अनुरोध गरिएको छ।

काम सम्पन्न भएपछि नारायणी पुलदेखि पश्चिमतर्फ १७० मिटर भाग नयाँ कालोपत्रले जोडिनेछ, जसले दाउन्नेसम्मको करिब ६० किलोमिटर सडक सुधारमा महत्वपूर्ण प्रगति ल्याउने बताइएको छ।

सडक बन्दले रातिको यात्रा प्रभावित हुने भएकाले सम्बन्धित निकायले यात्रु र चालकलाई पूर्वतयारीसहित यात्रा गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation