एमालेमा ‘ओली बनाम पोखरेल’ : नेतृत्व टक्कर खुला रूपमा सतहमा

 

नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र लामो समयदेखि दबीएको नेतृत्व संघर्ष अन्ततः सतहमा आएको छ। आज बसेको ८ घण्टे सचिवालय बैठकपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच स्पष्ट रूपमा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

बैठकमा ओलीले फेरि एकपटक अध्यक्षता आफैँ सम्हाल्ने अडान लिए। उनले सहमतिबाट नेतृत्व साटासाट असम्भव भएको बताउँदै भने।
“अब मैले अध्यक्ष छोडेर सम्भव छैन, सहमति नबन्दा प्रतिस्पर्धा नै अगाडि बढ्छ।”

तर ओलीको अडानमा पोखरेल सहमत भएनन्। उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको तर्क गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे।

पोखरेलको स्पष्ट चुनौती

पोखरेलले ओलीलाई सिधै औंल्याउँदै भने।
“म अध्यक्षका लागि डिजर्भ गर्छु। प्रतिस्पर्धा पार्टीलाई कमजोर होइन, गतिशील बनाउँछ।”
उनले ओलीको कार्यशैली र सार्वजनिक अभिव्यक्तिले पार्टीभित्र समस्या बढाएको आरोप पनि लगाए।

सचिवालय दुई धारामा

बैठकमा दुवै नेतातर्फ खुला समर्थन देखियो।

ओली पक्षः शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ

पोखरेल पक्षः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ।

नेताहरूले ओलीलाई ११औँ महाधिवेशनलाई “एकताको महाधिवेशन” बनाउने सन्देश दिए पनि पोखरेल समूह सहमत भएन। अब उनीहरू ८ मंसिरमै सार्वजनिक सभाबाट पोखरेलको उम्मेदवारी घोषणा गर्ने तयारीमा छन्।

ओलीको चेतावनी

ओलीले पूर्वका प्रतिस्पर्धी नेता माधवकुमार नेपाल र भीम रावल पार्टी छोडेको प्रसंग उठाउँदै भने।
“प्रतिस्पर्धा ठीक हो, तर हारेपछि पार्टी नछोड्ने स्थिति बन्नुपर्छ।”

एमालेभित्र सत्ता समीकरण बदलिँदै

बैठकले देखाएको अवस्था स्पष्ट छ।
एमाले अब ओलीको एकल नेतृत्वबाट बहुविकल्पी प्रतिस्पर्धातर्फ मोडिँदैछ।
आगामी महाधिवेशनमा अध्यक्ष कुन धाराले सम्हाल्ने—त्यही अहिलेको मुख्य राजनीतिक बहस बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation