गुल्मीको मदानेमा जिप दुर्घटना, दुई घाइते

 

गुल्मी , मदाने गाउँपालिका–२ बाझकटेरीमा गए राति जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। राति करिब ८ बजे ग १ ज ५५३१ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन्।

जिपमा चालकसहित तीन जना सवार थिए। जनहानी नभए पनि दुई जनाको छाती र खुट्टामा चोट लागेको र थप उपचारका लागि बुटवल पठाइएका छन्। जिप मदाने–१ अग्लुङ फेदीबाट फर्कने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनापछि गाडीका धनी तथा चालक चरण बिक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation