खिमराज चालिसे
” प्रवासी नेपालीहरुको नोट चल्ने भोट नचल्ने व्यवस्था आवश्यक छैन।” उक्त कुरा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले सुदुर पश्चिमोत्तर क्षेत्रको बठिंडामा आयोजित मूल प्रवाहको नगरस्तरिय एकदिवसीय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै आज २३ नोबेम्बर २०२५ को सम्वोधनको क्रममा बताउनु भएको हो।
प्रमुख अतिथि भट्टराईले १९५० को संधी र विदेश स्थित नेपालीहरुको मताधिकार जस्ता विषय-वस्तु गम्भीरता पूर्वक उठाउदै आक्रोश व्यक्त गर्नुभयों। वहाले ‘कुल बजेटको चौथो हिस्सा सत्तामा बसेर डकार्ने अनि त्यहि मुलकका ४० लाख जनता मताधिकारबाट बन्चित हुनु भनेको सत्ताधारी शक्तीहरुको लाचारीपन हो’ भन्नु भयो।
समारोहमा मूल प्रवाह केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले ‘प्रवासि नेपालीहरुको मताधिकार र जल्दाबल्दा समस्यामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नीरन्तर संघर्ष गरिरहेको स्मरण गराउनु भयो।
वहाले संगठनलाई नयाँ ढंगबाट ससक्त ढंगले अगाडि बढाउनु पर्ने र कार्यकर्ता हरुलाई आफ्नो सैद्धान्तिक स्तर बढाउन पनि ध्यान दिन आह्वान गर्नु भयो।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य एवं बठिंडा का सस्थापक सदस्य नर बहादुर ओलिले मूल प्रवाह नेपालीहरुको घर दैलोमा पुगेर टोल टोलमा कलास प्रशिक्षण दिएर जनतालाई सहि र गलत छुट्याउन सक्ने कार्यक्रता बनाएको धारणा राख्नु भयो । कार्यक्रममा महिला क्षेत्रिय सदस्य माया ओलीको पनि आथित्यता रहेको थियो।
कार्यक्रम गिरि बहादुरको अध्यक्षतामा तथा नारायण केसीको संचालनमा सम्पन्न भएको हो भने गणेश पोख्रेल र सांस्कृतिक कलाकारहरुले
स्वागत गर्नु भएको थियो।











