जातीय समता समाज रूपन्देहीको भेला सम्पन्न अध्यक्षमा :कृष्ण बराली

 

शंकर प्रसाद पोख्रेल बुटवल

रूपन्देही । जातीय समता समाज रूपन्देहीको भेलाले नयाँ कार्यसमिति गठन गरेको छ। भेलाले कृष्ण बरालीलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरेको छ।

नवगठित समितिमा रामबहादुर बस्याल उपाध्यक्ष, भोजराज विश्वकर्मा सचिव, विष्णु सुनार सहसचिव, यामबहादुर परियार कोषाध्यक्ष रहेका छन्।
त्यसैगरी सदस्यहरूमा दिलमाया परियार, विष्णु कुमारी बिक, कृष्णा हिताङ, र रामबहादुर बिक चयन भएका छन्।
बैकल्पिक सदस्यमा सन्तबहादुर सुनार र मानबहादुर नेपाली रहेका छन्।

समितिको सल्लाहकार समितिमा दिलप्रसाद नेपाली, लेठबहादुर सुनार र ललित बिक रहने भएका छन्।

भेलामा समता समाजका महासचिव खगेस्वर सुनार प्रमुख अतिथि तथा दुर्गानाथ खरेल विशिष्ट अतिथिको रूपमा उपस्थित रहे। त्यसैगरी राजमो कार्यलय सचिब भिमलाल न्यौपाने ,जनजाति सम्मेलनका हरि राहाडी ,नारायण पुन लगयतको अतिथ्यता थियो।
कार्यक्रमको अध्यक्षता दिलप्रसाद नेपालीले गरेका थिए भने सञ्चालन भोजबहादुर विश्वकर्माले र स्वागत वक्तव्य विष्णु सुनारले प्रस्तुत गरेका थिए।

यस भेलाले संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै समता र समान अधिकारका मुद्दामा अब्बल रूपमा अघि बढ्ने निर्णय गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation