काठमाडौं | मंसिर ९, २०८२
आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल दर्ता गर्ने क्रम तीव्र बनेको छ। निर्वाचन आयोगले सोमबारसम्म ६४ राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको छ।
आइतबारसम्म दर्ता भएका ५६ दलमा सोमबार थपिएका ८ नयाँ दल मिसिँदा संख्या ६४ पुगेको हो। आयोगले दल दर्ताका लागि मंसिर १० गतेसम्मको समय सीमा तोकेको छ, जसअनुसार दर्ता प्रक्रिया अझै जारी रहनेछ।
कुन–कुन दिन कति दल दर्ता भए ?
मंसिर १: १२ दल
मंसिर २: ५ दल
मंसिर ३: ८ दल
मंसिर ४: ८ दल
मंसिर ५: ७ दल
मंसिर ७: १६ दल
मंसिर ८ (सोमबार): ८ दल
सोमबार थपिएका दलहरू
नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी, नेपाल।
आयोगका अनुसार अहिले आयोगमा कूल १३५ दल दर्ता छन्। निर्वाचन प्रयोजनका लागि सबै दलले बुधबारसम्म पुनःआवेदन पेस गरिसक्नुपर्नेछ।











