गाैमुखी क्याम्पस झिमरुक -५,मच्छी प्युठानकाे १९औं साधारणसभा सम्पन्न

झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीकाे प्रमुख आथित्यतामा,बिशिस्ट अतिथिमा झिमरुक गाउँपालिकाका संस्थापक अध्यक्ष तिलक बहादुर जि.सी.,झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेखरेल बिशेष अतिथिमा साहित्यकार भेषमान गिरी,झिमरुक -५का वडाध्यक्ष दधिराम पाेखरेल,झिमरुक गाउँ पालिका -६का वडाध्यक्ष धन बहादुर पुन र झिमरुक-८का वडाध्यक्ष तुलस बहादु बस्नेत , लगायत रहनु भएको थियाे।
पानसमा वत्ती बालेर कार्यक्रमकाे उद्घाटन पछि शुभकामना दिदै प्रमुख अतिथि महतारा क्षेत्रीले क्याम्पसमा दिन प्रति दिन चुनाैति थपिदै गएकाे हुँदा क्याम्पसमा निशुल्क बनाए पछि बिद्यार्थी संख्या बृद्वि भएको ,क्याम्पसकाे सिकाई उपलब्धि र शैक्षिक गुणस्तरमा बृर्द्वि गर्नु पर्ने बताउनु भयाे ।
झिमरुक गाउँपालिकाका संस्थापक तिलक जि.सी.ले
पुस्तकालय व्यवस्थित गर्नुपर्ने तथा क्याम्पसकाे बिकासकाे लागि सवै मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयाे।त्यस्तै उपाध्यक्ष पाेखरेलले भाैतिक संरचना अन्तर्गत छात्रावासकाे लागि प्रदेस सभामा प्रदेस सभा सदस्य तथा मन्त्री सराेज थापा राेज राणा संग पहल गर्ने बताउनु भयाे।
क्याम्पसका क्याम्पस प्रमुख एकराज पाैड्यालले क्याम्पसकाे बार्षिक प्रगति प्रतिवेदन तथा एक कराेड नाै लाख साेर हजार चार सय एकसट्ठी बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे।
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष रण बहादुर खड्काकाे अध्यक्षतामा , क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष ऋषिराम शर्माकाे स्वागत भाषणमा प्राध्यापक महेन्द्र पाेखरेलकाे संचालनमा भएको थियाे।
कार्यक्रममा बिद्यार्थी अशाेक बि.क.,ज्ञानेन्द्रराज भट्टराई र बालाराम पाेख्रेल लगायतले शुभकामना दिनुभएको थियोे ।
कार्यक्रमकाे बीचमा बीचमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि विभिन्न बिद्यालयका प्र.अ.तथा प्रतिनिधि,अभिभावक लगायतकाे उपस्थिति थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation