शंकर प्रसाद पोख्रेल ,रुपन्देही
तिलोत्तमामा स्वर्ण,रजत,कास्य पदकसहित जनज्योति मावि प्रथम , प्रभावशाली प्रदर्सन
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा आयोजना गरिएको सातौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा श्री जनज्योति माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम गर्न सफल भएको छ। विभिन्न खेल विधामा सहभागी जनज्योति माविका छात्र–छात्राहरूले स्वर्ण, रजत तथा कास्य पदक जित्दै विद्यालयलाई गौरव दिलाएका हुन्।
उक्त बिद्यालयका विद्यालयका शिक्षक तथा अतिरिक्त क्रियाकलाप संयोजक पिताम्बर पराजुलीले दिएको जानकारी अनुसार प्रतियोगितामा सुबम बमरेलले १०० मिटर र २०० मिटर दौडमा स्वर्ण जित्दै दोहोरो सफलता हासिल गरे। भने ४०० मिटर दौडमा राहुल स्यान्ताङ स्वर्ण पदकका विजेता बने। १००×४ रिले दौडतर्फ छात्र टोलीले समेत स्वर्ण पदक हात पार्न सफल भयो। हाइजम्पतर्फ मनिका थापा र सटपुटतर्फ दिपेश आलेले स्वर्ण पदक जिते।

तेक्वान्दो तर्फ अन्जनी चौधरी, गगन परियार, युनिक कार्की, विजय कुमाल र रविना तामाङले स्वर्ण पदक प्राप्त गरे भने कराँतेतर्फ अनिस थापा स्वर्ण पदक विजेता बने।
रजत पदकतर्फ तेक्वान्दोमा एनी परियार र सिरिस थारु, त्रिपल जम्पमा नित्य शर्मा र निष्ठुला शर्मा, ८०० मिटर दौडमा हिमाल वि.क र कमला वि.क तथा भलिबलतर्फ छात्र तथा छात्रा टोलीले रजत पदक प्राप्त गरे।
त्यसैगरी, कास्य पदकतर्फ लङ्ग जम्पमा शुभम बमरेल, ४×४०० मिटर रिले (छात्र), कबड्डी (छात्र) तथा तेक्वान्दोमा रेजिना सुनार, हिरा भुसाल र विशेष क्षेत्रीले पदक जित्न सफल भए।
विद्यालय प्रशासनका अनुसार खेलाडीहरूको अनुशासन, निरन्तर अभ्यास र प्रशिक्षकहरूको मेहनतले यो सफलता सम्भव भएको हो। राष्ट्रपति रनिङ सिल्डमा प्राप्त यस उपलब्धिले जनज्योति माध्यमिक विद्यालयमा खेलकुद क्षेत्र थप सशक्त बन्दै गएको संकेत गरेको छ।
प्रतियोगितामा पदक जित्ने सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक तथा विद्यालय परिवारलाई स्थानीय तह, अभिभावक र शुभेच्छुकहरूले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गरेका छन।












