काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे।
महाधिवेशनबाट उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहितका पदाधिकारीहरू निर्वाचित भएका छन्।
अध्यक्ष (१)
केपी शर्मा ओली – १,६६३ मत (विजयी)
ईश्वर पोखरेल – ५६४ मत
उपाध्यक्ष (५)
पृथ्वी सुब्बा गुरुङ – १,७३७ (विजयी)
विष्णु प्रसाद पौडेल – १,६७५ (विजयी)
रामबहादुर थापा ‘बादल’ – १,५१६ (विजयी)
गोकर्णराज विष्ट – १,३६८ (विजयी)
रघुजी पन्त – १,२५८ (विजयी)
अन्य उम्मेदवारः
गुरु प्रसाद बराल (१,१३७), बिन्दा पाण्डे (९२१), परशुराम मेघी गुरुङ (४६१), अरुण नेपाल (४३९), टंकप्रसाद कार्की (३५८), भीमप्रसाद आचार्य (२६५)
महासचिव (१)
शंकर पोखरेल – १,२२८ (विजयी)
सुरेन्द्र प्रसाद पाण्डे – ९९९
उपमहासचिव (३)
लेखराज भट्ट – १,४५२ (विजयी)
रघुवीर महासेठ – १,३६८ (विजयी)
योगेश भट्टराई – १,३४८ (विजयी)
अन्य उम्मेदवारः
विष्णु प्रसाद रिमाल (१,०९१), आनन्द प्रसाद पोखरेल (६३५), वैजनाथ चौधरी (५१७), राजेन्द्र प्रसाद गौतम (२७०)
सचिव (९)
महेश बस्नेत – १,५४४ (विजयी)
पद्मा कुमारी अर्याल – १,५३० (विजयी)
छविलाल विश्वकर्मा – १,५०६ (विजयी)
शेरधन राई – १,५०३ (विजयी)
हिक्मत कुमार कार्की – १,३३७ (विजयी)
खगराज अधिकारी – १,२३१ (विजयी)
यमलाल कँडेल – १,१८५ (विजयी)
राजन भट्टराई – १,१८१ (विजयी)
भानुभक्त ढकाल – १,१०८ (विजयी)
अन्य उम्मेदवारः
गोकुल प्रसाद बास्कोटा (१,०३०), ठाकुर प्रसाद गैरे (८८३), रचना खड्का (८७७), कर्णबहादुर थापा (८४७), अग्नि प्रसाद खरेल (७१६), विनोद प्रसाद ढकाल (६८४), कृष्ण गोपाल श्रेष्ठ (६२५), लालबाबु पण्डित (४९६), पेम्बा लामा (४९३), पुरुषोत्तम पौडेल (४६२), इन्द्रलाल साप्कोटा (४०५)
महाधिवेशनले पार्टी नेतृत्वलाई नयाँ जनादेश दिएको नेताहरूले बताएका छन्।











