काठमाडौं । नेकपा (एमाले) को महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।
३ पुसमा सम्पन्न मतदानको परिणाम अनुसार पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र प्रसाद पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले ९९९ मत प्राप्त गरेका छन्।
यससँगै पोखरेल लगातार दोस्रो कार्यकालका लागि एमाले महासचिवमा निर्वाचित भएका छन्। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने क्रममा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको थियो।
यसअघि एमाले अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतसहित विजयी भइसकेका छन्। यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए।
एमालेको ११ औँ महाधिवेशनबाट शीर्ष नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र रणनीति स्पष्ट हुने नेताहरूको भनाइ छ।











