बुटवल । अर्थमन्त्री रामेश्वर खनालले मुलुकको वर्तमान संकट समाधान गर्न समयमै निर्वाचन गर्नु बाहेक अर्को विकल्प नरहेको स्पष्ट पारेका छन् । निर्वाचनको विकल्प खोज्ने प्रयासले देशलाई थप अनिश्चितता र दुर्घटनातर्फ लैजाने उनले चेतावनी दिए ।
रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले राजनीतिक स्थिरता बिना आर्थिक सुधार सम्भव नहुने बताए ।
उनका अनुसार पछिल्लो समय मूल्यवृद्धि न्यून रहनु, मुद्रा सञ्चिति र वित्तीय पूँजी बढ्नु सकारात्मक संकेत हुन् । लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै उनले बुटवललाई औद्योगिक केन्द्रका रूपमा अघि बढाउन सरकार सहकार्यका लागि तयार रहेको बताए ।











