अखिल नेपाल शिक्षक संघ दाङको पाँचौं जिल्ला अधिवेशन सम्पन्न

 

पौष ५, दाङ । अखिल नेपाल शिक्षक संघ दाङको पाँचौं जिल्ला अधिवेशन लमहीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रुमालप्रसाद बसेलको अध्यक्षता तथा केन्द्रीय सदस्य लालबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य , अखिल नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य कपिलदेव खनाल, अखिल नेपाल किसान महासंघ दाङका अध्यक्ष माधव आचार्य , अखिल नेपाल महिला संग्ज दाङकि अध्यक्ष पूर्णीमा आचार्य र अखिल नेपाल युवक संघका प्रतिनिधि सुन्दर चौधरीले शुभकामना मन्तव्य दिएका थिए ।

बन्द सत्रले सचिव ठाकुर खनालले पेश गरेको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष रामकृष्ण पौडेलले पेश गरेको आर्थिक प्रतिवेदन संशोधन सहित पारित गरेको थियो ।

अधिवेशनले ठाकुर खनालको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसमा उपाध्यक्ष तुलसी प्रसाद भण्डारी , महिला उपाध्यक्ष संगीता गिरी, सचिव रामकृष्ण पौडेल , कोषाध्यक्ष विष्णु पोख्रेल , सह सचिव उमाकला खनाल र सह कोषाध्यक्षमा ललिता पोख्रेललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा कृष्णबहादुर थापा, ओमबहादुर मगर, नेत्र खनाल, कमला पाण्डे, सरीता खनाल, मदेन गुरुङ, दिपक पोख्रेल , माधव वेल्वासे, शरदराज शर्मा, केशव पौडेल , सुशीला थापा र अञ्जना रिजाल रहनुभएको छ ।

त्यसैगरी अधिवेशनले केन्द्रीय प्रतिनिधिमा विप्लव अधिकारी , केशवराज आचार्य , रुमालप्रसाद बसेल र सीता पोख्रेललाई चयन गरेको छ भने सल्लाहकारमा मधु पण्डित , डिलाराम पौडेल , डि.आर.भण्डारी र यशोदा पुनलाई चयन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation