झिम्रुक सहकारी तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारण सभा सम्पन्न

नारायण जिसी

प्युठान । झिम्रुक बचत तथा ऋण सहकारी संस्था लि.को तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।
झिम्रुक गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सिताराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका उपाध्यक्ष उदय बि.क.ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव पितम खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। अधिवेशन सहकारीका निवर्तमान अध्यक्ष नारायण बहादुर जि.सी.को अध्यक्षतामा सम्पन्न भएको हो।
अधिवेशनबाट ७ सदस्यीय सञ्चालक समिति, ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति, साथै ३ सदस्यीय शिक्षा उप–समिति र ३ सदस्यीय ऋण उप–समिति गठन गरिएको छ। निर्वाचन मण्डलमा डमर सिंह जि.सी. संयोजक तथा जया पौडेल र मान बहादुर जि.सी. सदस्य रहनुभएको थियो।
नवगठित सञ्चालक समितिको अध्यक्षमा पितम खड्का, उपाध्यक्षमा उदय बि.क., सचिवमा खुम बहादुर रोका र कोषाध्यक्षमा भेषा पोखरेल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा गिरेन्द्र एम.सी., शारदा गिरी र सन्ध्या पोखरेल रहनुभएको छ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा नारायण बहादुर जि.सी. तथा सदस्यमा अनुरोध के.सी. र सीता खनाल चयन हुनुभएको छ। ऋण उप–समितिको संयोजकमा भरत ढकाल र सदस्यमा भुपेन्द्र पोखरेल तथा भवानी सिंह रसाइली रहनुभएको छ। शिक्षा उप–समितिको संयोजकमा पित्रीभक्त रिजाल तथा सदस्यमा विन्दा ढुङ्गाना र जुना न्यौपाने चयन हुनुभएको छ।


कार्यक्रममा मान बहादुर जि.सी.ले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष पितम खड्काले सहकारीलाई सदस्य–मुखी, पारदर्शी र उत्पादनशील क्षेत्रमा केन्द्रित गर्दै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शुभकामना मन्तव्य राख्दै डमर सिंह जि.सी.ले सहकारीले गरिबमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। प्रमुख अतिथि सिताराम पोखरेलले झिम्रुक बचत तथा ऋण सहकारी संस्था गाउँपालिकाकै अब्बल सहकारीका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation