विभानगर सामुदायिक संस्थाको बहुउद्देश्यीय भवनको उद्घाटन

बुटवल : विभानगर सामुदायिक संस्थाले स्थापना गरेको विभानगर बहुउद्देश्यीय भवनको उद्घाटन समपन्न भएको छ ।
सामुदायिक भवनको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले गरेका हुन । भवन उद्घाटनको अबसरमा बोल्दै बुटवल उपमहानगपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सानो ठाउँ बाट ठुलो सन्देस जान सक्ने बताए त्यो सन्देश विभानगरले दिएको समेत उनले बताए । स्थानिय जनता संग जोडिएर गर्ने विकास निर्माणका कामहरुनै दीर्घकालीन हुने बताउदै उनले भने सिप संग जोडिएर काम गर्नु पर्ने बताए । समाजमा नकारात्मक किसिमको समाज बन्दै गएको छ त्यसलाई सुधार गर्नु पर्ने सबैको दाईत्व रहेको उनले बताए । सकारात्मक कुराहरुलाई पनि नकारात्मक बनाएर प्रचार गर्ने पर्विति बढ्दै गएकोले एसलाइ सुधार गर्नु पर्ने उनले बताए ।
अबको समयमा सिप संग जोडिएर काम गरेर आए आर्जनतिर लाग्नु पर्ने बताए त्यसकोलागि बुटवल उपमहानगर पालिका सहयोग गर्न तयार रहेको उनले बताए । आफ्नो टोल राम्रो बनाउने जिम्मा आफै लिन सकेमा आफ्नो टोल सफ्फा , सुग्गर, सान्त, हरियालि, रमणीय र हराबराहुने उनले बताए ।
समाजसेवी गोविन्द के सिले भवन बनायर भवनलाई उपयोगि बनाउन सके प्रभावकारी हुने । सामुदायिक भवनलाइ बहुउपयोगि बनायर लान सकेमा धेरै राम्रो हुने उनले बताय ।
उज्ज्वल आमा समुहकि सदस्य सुमित्रा खनालले महिलाहरुलाई उद्यमसिल बनाउनका लागि नगरपालिकाले बजेट छुट्याइदिएमा धेरै महिलाहरु स्वरोजगार हुने बताउदै नगरपालिका संग सहकार्य गरेर काम गर्नु पर्ने बताईन ।
सतगढि टोल बिकास संस्थाका अध्यक्ष योगेन्द्र छन्त्यालले टोलबासिहरु एकजुट भयर काम गर्नु पर्ने बताय । टोललाई अगाडी बढाउनकालागि टोलबासिहरुको सबै मिलेर अगाडी बढ्ने समेत उनले बताय । सकारात्मक सोचका साथ अगाडि बढे सफल भइने समेत उनले बताए । यो ठाउलाइ नमुना बनाउनकालागि संस्थाले निकै महत्त्वपुण भुमिका खेलेको समेत उनले बताय ।
विभानगर सामुदायिक संस्थाले स्थापना गरेको विभानगर बहुउद्देश्यीय भवन बुटवल उपमहानगरपालिका र विवाह नगर सामुदायिक उपभोक्ता समुदायको साझेदारीमा निर्माण गरिएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष गङ्गालाल सापकोटाको अध्यक्षता संस्थाका सल्लाहकार खुमानन्दा भुसालको स्वागत र उपाध्यक्ष मान बहादुर कुवरको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।@

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation