कपिलवस्तुमा सडक दुर्घटना : ट्रकको ठक्करबाट २५ वर्षीय युवकको ज्यान गयो

कपिलवस्तुको तौलिहवा–भैरहवा सडकखण्डमा भएको सडक दुर्घटनाले एक युवकको ज्यान लिएको छ। बुधबार बिहान करिब २ बजे मायादेवी गाउँपालिका–१ बर्रोहियामा ट्रक र मोटरसाइकल ठोक्किँदा २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको हो।
मायादेवी गाउँपालिका–६ डुम्राका मुसलमान तौलिहवाबाट भैरहवातर्फ गइरहेका थिए। उनी सवार लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००१ ख नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका मुसलमानलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation