बुटवल । अखिल नेपाल शिक्षक संघको पाँचौँ राष्ट्रिय महाधिवेशन यही पौष ११, १२ र १३ गते बुटवलमा सम्पन्न भएको छ। महाधिवेशनले अध्यक्षमा चक्रपाणि पौडेल र महासचिवमा पुष्कर सापकोटालाई सर्वसहमत रूपमा चयन गरेको छ।
सानोभाइ कार्कीको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले सत्तासीन दलहरूको बेथिति, भ्रष्टाचार, अराजकता, नातावाद र कृपावादका कारण जनतामा चुलिएको असन्तुष्टि जेन–जी आन्दोलनका रूपमा विस्फोट भएको उल्लेख गर्नुभयो। उहाँले वैदेशिक चलखेललाई समयमै निस्तेज पार्न नसके गम्भीर परिणाम आउन सक्ने चेतावनी पनि दिनुभयो।
उद्घाटन सत्रमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष विक्रम झा, अखिल (छैठौँ) का केन्द्रीय अध्यक्ष सुवास जीसी, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक परिषद्, अखिल नेपाल युवक संघ, अखिल नेपाल महिला संघ, प्रगतिशील पत्रकार संघलगायतका प्रतिनिधिहरूले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
उद्घाटन सत्रपछि सुरु भएको बन्द सत्रमा अध्यक्ष सानोभाइ कार्कीले प्रस्तुत गर्नुभएको समसामयिक प्रस्ताव, महासचिव चक्रपाणि पौडेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष टेकबहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा महिला सचिव सुनमाया ढकालले प्रस्तुत गर्नुभएको महिला विभागको प्रतिवेदन सर्वसहमतिले पारित गरिएको थियो। साथै अधिवक्ता हेमराज शर्माको संयोजकत्वमा लीलाबहादुर केसी र चेतनाथ आचार्य सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
महाधिवेशनले चक्रपाणि पौडेलको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय समिति र ७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। राष्ट्रिय समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, उपाध्यक्षमा शत्रुघन श्रेष्ठ, महिला उपाध्यक्षमा सुनमाया ढकाल, सचिवमा भानु जीएम, महिला सचिवमा विन्दु विष्ट र कोषाध्यक्षमा टेकबहादुर थापा चयन हुनुभएको छ।
राष्ट्रिय समितिका सदस्यहरूमा विनोद बोहरा, गंगा पौडेल, शेरबहादुर थापा, नरबहादुर भण्डारी, दिनेश थापा, हृदयनारायण शाह, तारामणि न्यौपाने, सिर्जना खड्का, दीपक कार्की, अर्जुनबहादुर केसी, दुर्गाबहादुर थापा, रुमालप्रसाद बसेल, मित्रदत्त ढकाल, कृष्णप्रसाद बञ्जाडे, सान्नानी श्रेष्ठ, शान्ता भट्टराई, उमाकला खनाल र सावित्रा पुन चयन हुनुभएको छ।
त्यसैगरी सल्लाहकार समितिमा सानोभाइ कार्की, अजय गिरी, कमला बञ्जाडे, गीता कार्की, लालबहादुर भण्डारी, हिमाल वेल्वासे र कमला थापा चयन हुनुभएको छ।
महाधिवेशनपछिको पहिलो बैठकबाट ९ सदस्यीय सचिवालय गठन गरिएको छ, जसमा ८ जना पदाधिकारीसहित विनोद बोहरा सचिवालय सदस्यमा चयन हुनुभएको छ।











