कोटि प्रसाद पोख्रेल
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिका उपाध्यक्ष श्री रवि अधिकारी रोजगारीबाट अवकाश प्राप्त गरी सदाका लागि स्वदेश फर्किने निर्णय गरेपछि उहाँको सम्मानपूर्वक विधाई कार्यक्रम सम्पन्न भएको छ।
चेन्नई उत्तर नगर समितिद्वारा आयोजित उक्त कार्यक्रममा कोटी प्रसाद पोख्रेलको सञ्चालन, काशीराम शर्माको अध्यक्षता तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष चन्द्रकान्त शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा चेन्नई नगर समितिका अध्यक्ष गोपाल वि.के., क्षेत्रीय समिति सदस्य एवं चेन्नई उत्तर नगर समितिका कार्यवाहक सचिव विष्णुबहादुर सुनार, नगर समिति सदस्यहरू मानबहादुर केसी, कपिलामणि शर्मा, भवानी प्रसाद गोराथोकी, विष्णुबहादुर थापा क्षेत्री, धनबहादुर जी.एम. लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा ज्ञात–अज्ञातप्रति एक मिनेट मौन धारण गरिएको थियो भने रेशमबहादुर थापाले शब्दबाट स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
वि.सं. १९९६ देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न समितिमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका श्री अधिकारी हालसम्म चेन्नई उत्तर नगर समितिको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि श्री चन्द्रकान्त शर्माले दोसल्ला र अबिर लगाई सम्मान गर्दै स्वदेश यात्राको शुभकामना मन्तव्य राख्नुभयो। त्यसैगरी उपस्थित सम्पूर्ण साथीहरूले अबिर र माला अर्पण गर्दै उहाँको प्रवासकालीन योगदानको उच्च मूल्याङ्कन गर्दै स्वदेशमा पनि संगठनात्मक तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरे।
विधाई मन्तव्यका क्रममा श्री रवि अधिकारीले लामो समयदेखि सहकार्य गर्दै आएका साथीहरूबाट विधा लिएर स्वदेश फर्किन लागेको बताउँदै मूल प्रवाहबाट प्राप्त शिक्षा र अनुभवलाई स्वदेशमा श्रमजीवी वर्गको नेतृत्व गर्दै राष्ट्रिय जनमोर्चामार्फत सक्रिय रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।











