भारत, हङकङ र जापानबाट प्रवासी नेताहरू जनमोर्चाको समानुपातिक सूचीमा

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले लामो समयदेखि उठाउँदै आएको प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वको मागलाई व्यवहारमा उतार्दै प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि छ जना प्रवासी नेताहरूलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
करिब १७ वर्षदेखि निरन्तर रूपमा प्रवासी नेपालीको राजनीतिक अधिकार सुनिश्चित गर्न आवाज उठाउँदै आएको जनमोर्चाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूचीमा प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिता गराएको हो।
पार्टीले भारतबाट ठाकुर प्रसाद खनाल, प्रेम प्रसाद पौडेल, तारा बहादुर सोमरे मगर र रमकला पुन घर्तिमगरलाई सिफारिस गरेको छ भने हङकङबाट सक्तमान बुढाथोकी र जापानबाट रेणु गुरुङलाई समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको छ।


राष्ट्रिय जनमोर्चाले पुस १३ गते निर्वाचन आयोगमा पेस गरेको ११० जना उम्मेदवारको बन्दसूचीमा प्रवासी नेपालीहरूको प्रतिनिधित्व समेटिएको छ। पार्टीले यो कदमलाई प्रवासी नेपालीको राजनीतिक सहभागिता विस्तार गर्ने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताएको छ।
पार्टी नेतृत्वका अनुसार विदेशमा रहेर पनि नेपाली समाज, राजनीति र जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्तिहरूलाई राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गराउनु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation