सुन्दा कति कर्णप्रीय छ, म नेपाल हासेको हेर्न चाहन्छु!

विशाल दर्लामी
आफ्नो देश रोएको हेर्न चाहने को होलार ? आफ्नो देश हासेको हेर्न नचाहने को होलार ? तर यहानिर गम्भीर प्रस्न छ, जसले बाहिर यस्तो कर्णप्रीय कुरा गरिरहेका छन,तिनिहरुले भित्र पनि यस्तै कर्णप्रीय काम गरेका छन त ?? देश हासेको हेर्न चाहनेले, देश जलिरहदा कसरी टुलुटुलु हेरेर बस्न सके होलान ?? नेपाली राजनितिमा पुराना भनिएका दल र तिनका पुरानै नेताहरु भन्दा यो खतरनाक खेल होइनर ?? सच्चिनु पर्ने ! जिम्मेवार हुनु पर्ने के पुराना मात्रै हो ? नयाँ भनिएकाहरु जे गर्दा नि हुन्छ? यहि हो नेपाली जनताले खोजेको नयाँ शक्ति ? यसरी नै बन्छ देश?
अँध्यारो कुनामा बसेर,शक्ति केन्द्रको इसारामा चल्नेहरु कति खतरनाक हुन्छन भनेर बुझ्नको लागि एकपटक युक्रेन सहितका देशहरुलाइ हेरौ ! ती पात्रहरुलाइ हेरौ!
राजनितिमा हिरोइजमले केही समयका लागि रोमान्टिक होला, केही पात्रहरुलाइ मालामाल होला ! तर अन्तत त्यसले देशलाइ अँध्यारो सुरुङ्ग तर्फ लैजान्छ। प्रीय नेपाली जनसमुदाय, पुरामा दलमा,ति दलका केही पात्रहरु खराब पक्कै छन,तिनिहरुलाइ तपाएको मतबाट कहिल्यै राजनितिमा आउन नसक्ने गरि पछारौ,त्यो कुरा सहि छ।तर राजनितिमा स्टन्डबाज गरेर,तपाइको असन्तुष्टि बाट फाइदा उठाउनको लागि ठूलो तयारी हुदैछ,यो खतरनाक खेललाइ बुझौ,यसबाट सचेत बनौ र त्यही अनुरुप आफ्नो मत जाहेर गरौ। आज हाम्रो बिचमा जे परिवर्तन भएको छ ती सबै अहिले पुराना भनिएका दलहरुकै योगदानले हो।दलहरुमा
खराबी पक्कै छ,तर सबै दल खराब!सबै नेता खराब!यस्तो भास्य ठिक छैन।त्यहा राम्रा मान्छेको लामो पङ्ती छ, तिनिहरुलाइ अगाडी बढाऔ,यो नै आजको सहि बाटो हो।
अन्तमा : कर्णप्रीय कुरा गरेर, स्टन्ड गरेर देशलाइ अँध्यारो सुरुङ्गमा लान चाहने शक्ति र शक्तिकेन्द्रहरुको षडयन्त्रलाई सनयमै चिनौ र चिरौ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation