युवक र एक युवती मृत अवस्थामा फेला

 

सुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकको जंगलमा   युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ अन्तर्गत पर्ने भैरव सामुदायिक वन तथा सहिद पार्क नजिकको जंगल क्षेत्रमा उनीहरू मृत भेटिएका हुन्।

मृतक दुवै जनाको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीले खबरदृष्टिलाई जानकारी दिए। उनका अनुसार बुधबार बिहान स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको कारण र मृतकको पहिचान खुलाउने विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation