पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाइएको हो।
त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।
एलपी ग्यासको लागत बढेको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले हालको बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको घटबढ, ढुवानी खर्च तथा विनिमय दरको आधारमा मूल्य समायोजन गरिएको जनाएको छ। मूल्य घटेसँगै आम उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation