भारतको सरिगाममा मुल प्रबाह एकता समाजको नगर भेला सम्पन्न

सरिगाम, १७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सरिगाम नगर समितिको भेला अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न भएको छ ।
भेलामा केन्द्रीय सदस्य गोविन्दबहादुर थापा, रामकला काउछा, पश्चिम भारत क्षेत्रीय सचिवालय सदस्य प्रविन सिंह काउछा, क्षेत्रीय प्रतिनिधि आर सी चन्द ठकुरीको विशेष उपस्थिति रहेको थियो ।
भेलाले दुर्गाबहादुर रोकायको अध्यक्षतामा ११ पूणर्, तीन वैकल्पिक र तीन सल्लाहकार सहित १७ सदस्यीय सरिगाम नगर समिति पुनगर्ठन गरिएको छ । जसमाः उपाध्यक्ष- पुष्पा घर्ती, सचिव- दिल बहादुर सिंह ठकुरी, सहसचिव- तुफान राना क्षेत्री, कोषाध्यक्ष- स्वाष्ठीका पुन, सदस्यमाः मिलन थापा, कृष्ण शाही, गगन रोकाय, हेमा रोकाय, मोतीसरा खड्का, पूणर्िमा राना, वैकल्पिक सदस्यमा सम्झना रोकाय, सुन्दरी राई र मीना क्षेत्री रहनुभएको छ ।
त्यस्तै भेलाले नयनसिंह कार्की, दिलमाया र देवेन्द्र मल्ल ठकुरीलाई सल्लाहकारमा चयन गरेको छ ।
केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले मूल प्रवाहको बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । साथै थापाले नवनिर्वाचित समितिलाई शुभकामना दिनुभएको थियो । केन्द्रीय सदस्य रमकलाकाउँछा, क्षेत्रीय सचिवालय सदस्य प्रविण सिंह काउछा, क्षेत्रीय प्रतिनिधि आर सी चन्दले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन दिलबहादुर सिंह ठकुरीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation